ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ८६ सवारीका चालक कारवाहीमा

होमल्याण्ड खबर

२०७५ फाल्गुन ३ गते, शुक्रबार १०:२० मा प्रकाशित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ८६ सवारीका चालक कारवाहीमा परेका छन् ।

सडक तथा फुटपाथमा पार्किङ गर्ने १२४ जना, लेन उल्लङ्घन गर्ने १८८ जना, मदिरा पिएर सवारी साधन चलाउने ९० जना, अवस्था ठिक नभएका सवारी चलाउने ४१ जना र अनावश्यक हर्न बजाउने १७ जना सवारी चालक कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।