बझाङमा जीप दुर्घटना: दुईको मृत्यु, ९ जना घाइते

होमल्याण्ड खबर

२०७५ फाल्गुन ६ गते, सोमबार ०९:१५ मा प्रकाशित

बझाङमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् ।

चैनपुरबाट धामिखेलका लागि छुटेको से १ ज ८९० नम्बरको जीप आइतबार राति काप्रिकोटमा दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका–११ की १२ वर्षीया समु जोशी र ४८ वर्षका धौले जोशीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेको बझाङकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।