२९ फाल्गुन २०८२, शुक्रबार
६९ औं प्रजातन्त्र दिवस आजदेखि तीनदिनसम्म सैनिकमञ्च, टुँडिखेलमा भव्यताका साथ मनाइँदै छ ।
टुँडिखेलमा नेपाली सेनाको विशेष प्रर्दशनका साथै प्रधानमन्त्री केपी शर्मा ओली लगाएत राजनैतिक दलका नेताहरुको उपस्थितीमा प्रजातन्त्र दिवस मनाइँदै छ ।


ब्यापक जनसाधरणको उपस्थितीमा प्रजातन्त्र दिवस मनाउने चलन केही वर्षयता खुम्चदै गएको थियो । तर आजको कार्यक्रम भने भव्य हुने आयोजकले जनाएको छ ।
उतिबेला आएको प्रजातन्त्र नेपालीहरुको पोल्टाबाट फेरि विसं २०१७ मा खोसिएको इतिहास जिवितै छ । क्रमशः ब्यापक धाँधलीकाबिच भएको ३६ सालको जनमतसंग्रह सहित विभिन्न कालखण्डमा भएका नागरीकको आवाज दबाउने श्रृंखलाहरुको अन्त्य भने विसं २०४७ सालमा आएको बहुदलीय प्रजातन्त्र अनि संबैधानिक राजतन्त्रको ब्यवस्थाले गरेको थियो ।
मशः विभिन्न चरणका आन्दोलन, सशस्त्र द्वन्दकाल हुँदै ६२ अनि ६३ सालको आन्दोलनसँगै नेपाल आज संघीय गणतान्त्रीक देश भईसकेको छ । शायद आज यिनै ईतिहासका दस्तावेज पल्टाउँदै नेपाली प्रजातान्त्रिक अभ्यासका प्राप्ती, प्रगती र नेपालीजनको हितमात्रलाई पनि नियाल्ने दिन हो ।
उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन र रेडियो नेपालबाट गर्ने र अन्य टेलिभिजनहरुले ‘हुक’ गर्ने भएका छन् ।