फास्ट ट्रर्‍याक निर्माणः बागमती करिडोरमा तीन किमि सडक

होमल्याण्ड खबर

२०७५ फाल्गुन ७ गते, मंगलवार ०९:५५ मा प्रकाशित

काठमाडौं–निजगढ दु्रतमार्ग (फास्ट ट्रर्‍याक) अन्तर्गत करिब तीन किलोमिटर सडकखण्ड बागमती नदीको दुवै किनारमा बन्ने भएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

फास्ट ट्रर्‍याकका लागि आवश्यक २५ मिटर चौडा सडक खन्न ठुल्ठूला पहाड फोर्नुपर्ने भएकाले दुवैतर्फको करिडोरमा सडक बनाइने भएको हो ।

नेपाली सेनाका अनुसार एउटा लेन मकवानपुरको काप्राङ हुँदै छालाटार र अर्को ललितपुरको घुसेल हुँदै छालाटारको २५ मिटर चौडा सडकमै पुगेर जोडिनेछ ।