९ मंसिर २०८१, आईतवार
बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा ६० जनाको मृत्यु भएको छ । आगलागीमा थुप्रै घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । घाइतेमध्ये केही गम्भीर रूपमा जलेका समेत बताइएको छ ।
बुधबार राति १० बजेपछि भएको आगलागीमा परि मृत्यु हुनेको संख्या अझ बढ्न सक्छ ।
अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले बीबीसीलाई बताए अनुसार राति १० बजपछि आगो लागेको हो । त्यहाँबाट १२ जनाको शव निकालिएको छ ।
राजधानीको पुरानो शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो । उक्त भवनमा रासायनिक पदार्थको गोदाम पनि थियो ।
आगो निभाउनका लागि ३७ वटा दमकल प्रयोग गरिएको थियो । आगो करिब नियन्त्रणमा आएको बताइएको छ । आगो लाग्नुको कारण भने खुलेको छैन ।