२९ फाल्गुन २०८२, शुक्रबार
अमेरिकाको केन्टकी राज्यको एलिजावेथ टाउनमा बिहीबार एक जना नेपालीको गोली हानी हत्या गरिएको छ । यस्तै एक जना नेपाली गम्भीर घाइते भएका छन् ।
लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको प्रवासी नेपाली मञ्च अमेरिकाले एक विज्ञप्ति जारी गरि जनाएको छ ।


टेक्सासमा रहँदै आएका घले केही समय अगाडि मात्र केन्टकी बसाई सरेका थिए ।
सो गोलीकाण्डमा अर्का एक नेपाली प्रयास बाँनिया घाइते भएका छन् । उनको लुवेल अस्पतालमा उपचार भइरहेको छ ।
मञ्चले घटनाका दोषीमाथि कारबाही गर्न मागसमेत गरेको छ ।