९ मंसिर २०८१, आईतवार
एजेन्सीः हुवावे फोनको मूल्य एप्पल–सामसङको भन्दा महँगो पर्ने कम्पनीले जनाएको छ ।
सामसङले आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गरेको केही दिन लगत्तै हुवावेले त्यो भन्दा महँगो फोल्डेबल स्मार्टफोन आइतबार लन्च गरेको छ ।
सामसङको फोल्डेबल फोनको मूल्य १ हजार ९८० डलर रहेको छ । त्यस्तै एप्पलको प्रिमियम फोनको मूल्य पनि यसैको हाराहारीमा रहेको छ । तर यो हुवावे फोनको मूल्य भने २ हजार ६ सय डलरबाट सुरु हुने चिनियाँ प्रविधि कम्पनीले जनाएको छ ।
यो फोल्ड गर्दाको समयमा ६.६ इन्चको स्मार्टफोन हुनेछ भने फोल्ड नगरेको समयमा ८ इन्चको ट्याबलेट हुन्छ । हुवावेको लन्चले सामसङसँग प्रतिस्पर्धा गर्नेछ ।
हुवावेले गत साता आफ्नो ग्यालेक्सी फोल्ड सार्वजनिक गरेको थियो । सुस्त बनेको विश्वव्यापी स्मार्टफोन बजारलाई जागा बनाउनका लागि झकझकाउने प्रयास स्वरुप विश्वका ठूला स्मार्टफोन निर्माताहरुले नयाँ नयाँ फोन बजारमा ल्याउने प्रयास गरिरहेका छन् ।
अमेरिकी अधिकारीहरुले हुवावेको फोन जासुसीका लागि प्रयोग हुन सक्ने चेतावनी दिँदै आएका छन् । यद्यपि हुवावेले यो अमेरिकी आरोप आधारहिन भएको बताउदै आएको छ ।