इरानका विदेशमन्त्रीले दिए पदबाट राजीनामा

होमल्याण्ड खबर

२०७५ फाल्गुन १४ गते, मंगलवार १०:१५ मा प्रकाशित

इरानका विदेशमन्त्री जवाद जरीफले पदबाट राजीनामा दिएका छन् । सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् राजीनामाको घोषणा गर्दै उनले इन्स्टाग्राममा लेखेका छन्, ‘म मेरो पदमा अब छैन् । मेरो कार्यकालमा भएका गल्तीका लागि माफी माग्दछु ।’

इरानको सरकारी समाचार एजेन्सी इरनाले जरीफको राजीनामाको पुष्टि गरेको छ ।

५९ वर्षीय जरीफले आफ्नो कार्यकालमा भएका गल्तीको माफी पनि मागेका छन् ।

जरीफले सन् २०१५ मा अमेरिकासँग भएको परमाणु सम्झौतामा मुख्य भूमिका खेलेका थिए । तर अमेरिकी राष्ट्रपति ट्रम्पले सो सम्झौता तोडेको घोषणा गरेका थिए ।

सन् २०१३ मा हसन रुहानी राष्ट्रपति चुनिएपछि उनी विदेशमन्त्री बनेका थिए ।

उनले आफ्नो राजीनामामा इरानी जनता र प्रशासनलाई धन्यवाद दिएका छन् तर राजीनामा दिनुपर्नाको कारण भने खुलाएका छैनन् ।

यद्यपि राष्ट्रपति रुहानीले राजीनामा स्वीकृत गरे नगरेको भने पुष्टि नभइसकेको बीबीसीले लेखेको छ ।