९ मंसिर २०८१, आईतवार
भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको छ। आक्रमणमा तीन सयसम्म आतंककारी मारिएको दावी भारतीय संचारमाध्यमहरुले गरेका छन् ।
बालाकोट, मुजफ्फराबाद र चकोटीमा भएका आतंकवादी समूह मारिएका हुन् । आतंकवादी समूह जैस ए मोहम्मदको अल्फा थ्री कन्ट्रोल ध्वस्त भएको दावी गरिएको छ ।
१२ विराज –२००० विमानले एक हजार किलोको बम गिराएको बताइएको छ । पुलवामा हमलाको १२ दिनपछि भारतले पाकिस्तानमै छिरेर आतंककारी ठेगानामा हमला गरि मारेको हो। २१ मिनेटसम्म भारतले बमबारी गरेको जनाइएको छ ।
मंगलबार बिहान ३ः४५ बजे आक्रमण गरिएको भारत सरकारका अधिकारीहरुले जनाएका छन्।
आक्रमण अघि र पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको उच्चस्तरीय वैठक पनि बसिरहेको छ ।
नरेन्द्र मोदी प्रधानमन्त्री भए यता ८८० दिनपछि दोस्रो सर्जिकल स्ट्राइक गरिएको हो । ८८० दिन अघि पहिलो सर्जिकल स्ट्राइक भारतले गरेको थियो ।
काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले पनि भारतीय बायुसेनाप्रति सलाम गरेका छन् ।
पाकिस्तानी विदेश मन्त्रीले भारतले आक्रमण गरेको स्वीकारेका छन् ।