९ मंसिर २०८१, आईतवार
पाकिस्तानी सेनाले भारतीय दुई विमान खसालेको छ ।
नियन्त्रणमा रहेको सिमा रेखा (एलओसी) पार गरेर घुसपैठ गरेका भारतीय वायुसेनाको दुई विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको हो ।
मंगलबार भारतीय वायुसेनाले बालाकोटमा आक्रमण गरेपछि दुई देशको तनाव बढेको छ । यद्यपि यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
भारतले ३५० चरमपन्थी मारिएको दाबी गरेको थियो भने पाकिस्तानले त्यसको खण्डन गरेको छ ।
यता भारतले आफैं सम्प्रभुता उल्लंघन गरेको भन्दै आफ्नो अनुकुल समय र स्थानमा जवाफ दिने बताएको थियो । त्यसको भोलिपल्ट पाकिस्तानी सेनाले भारतीय वायुसेनाको विमान खसालेको दाबी गरेको हो ।
पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले भने आफ्नो वायूसेनाले सिमा क्षेत्र (एलओसी) पार गरेर दुई भारतीय विमान खसालेको बताएका छन् । उनले एक विमानका पाइलटलाई नियन्त्रणमा लिइएको पनि जानकारी दिएका छन् ।
यद्यपि भारतीय सञ्चारमाध्यमले भने पाकिस्तानी एफ १६ लाडाकु विमान भारत-पाकिस्तान लाइन अफ कन्ट्रोल नजिकै भारतले खसालेको दाबी गरेका छन् । बीबीसी