२९ फाल्गुन २०८२, शुक्रबार
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको छ।
ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।


तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार अबको १५/२० मिनेटमा प्रहरी पुग्ने र थप जानकारी आउन सक्ने बताए । पानि र हिउँ परेका कारण दुर्घटना स्थानको टेलिकमले काम नगेकोले सम्पर्क राख्न समेत कठिन भएको बताइएको छ ।
एयर डाइनेस्टीका अनुसार पाइलट प्रभाकर केसीले चलाएको उक्त हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहालसहित ६ जना यात्रु सवार थिए । अन्य दुईको भने नाम खुल्न सकेको छैन ।
थप विवरण आउन बाँकी…