ताप्लेजुङमा हेलिकप्टर दुर्घटना: पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन

होमल्याण्ड खबर

२०७५ फाल्गुन १५ गते, बुधबार १५:२१ मा प्रकाशित

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको मृत्यु भएको छ । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । हेलिकप्टरमा सवार मन्त्री अधिकारी, यति आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए । सबैको मृत्यु भएको नागरिक उड्यन प्राधिकरणले पुष्टि गरेको छ ।

मन्त्री सवार हेलिकप्टर आकाश मै आगो लागेकोको थियो ।

पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय श्रोतले जनाएको छ ।

कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ।

ताप्लेजुङ प्रहरीका अनुसार पाथिभरा मन्दिर नजिक मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ । पर्यटन मन्त्रीका प्रेस सल्लाहकार उद्धव थापाले समेत घटनाको पुष्टी गरेका छन् ।

ताप्लेजुङबाट तेह्रथुम जाने क्रममा विमान दुर्घटनामा परेको हो । उद्धारको लागि जिल्ला पहरी कार्यालय ताप्लेजुङको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जनाइएको छ । ताप्लेजुङका डिएसपी सञ्जयसिंह थापासहितको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घट्नास्थल पुग्न तीन घण्टा लाग्ने जनाइएको छ ।

घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ। घटना गम्भीर प्रकितिको रहेको बुझिएको छ । घटनाको खबर पछि अहिले आकस्मिक रुपमा मन्त्री परिषद्को बैठक बोलाइएको छ ।