२९ फाल्गुन २०८२, शुक्रबार
ताप्लेजुङ्ग हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव आज काठमाडौं ल्याउने तयारी भैरहेको छ ।
ती सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थल लगिएको छ । तर मौसम खराब भएकापछि त्यहाँबाट काठमाडौं ल्याउन गाह्रो भइरहेको बताइएको छ ।


मौसम अनुकुल भएलगत्तै सबै शवहरु काठमाडौं ल्याइने प्रहरीले जानकारी दिएको छ ।
शवहरू काठमाडौं ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने र त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ ।
श्रद्धाञ्जलीपछि मात्र मृतकका आफन्तलाई शव जिम्मा लगाइने बताइएको छ ।