१० श्रावण २०८३, आईतवार
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले मुलुकले भरोसायोग्य नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।
आज शोक विज्ञप्ति जारी गर्दै उनले सङ्घर्ष र सङ्गठनबाट खारिएका मन्त्री अधिकारीको निधनले मुलुकलाई अपूरणीय क्षति भएको उल्लेख गरेका छन् । उनले स्व अधिकारीले वाम लोकतान्त्रिक आन्दोलन र मुलुकको विकासमा पु¥याएको योगदानको सधँै स्मरण हुने बताए ।


‘स्वर्गीय अधिकारीको निधनले स्तब्ध बनाएको छ, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री अधिकारीसहित हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’