२९ फाल्गुन २०८२, शुक्रबार
तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङमा आगलागी हुँदा एकको मृत्यु हुनुको साथै एक गम्भीर घाइते भएका छन् ।
सोही ठाउँकी राममाया कार्कीको घरमा आगलागीमा परि २० वर्षीया छोरी सम्झना कार्कीको मृत्यु भएको छ भने आमा राममाया कार्की गम्भीर घाइते भएकी छन् ।


मंगलबार बिहान ६ः१५ बजे काठले बनेको दुईतले घरमा अचानक आगलागी हुँदा सम्झनाको घरभित्रै जलेर मृत्यु भएको र आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जानाएको छ ।
आगलागी के कारणबाट भयो भनेर खुल्न नसकेपनि आगलागीबाट रु. १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।