टीकापुर घटनाको फैसला हुँदै, सांसद चौधरीको आज भाग्य फैसला

होमल्याण्ड खबर

२०७५ फाल्गुन २२ गते, बुधबार १२:२५ मा प्रकाशित

टीकापुर घटनाको मुद्दाको बहस सकिएसँगै जिल्ला अदालत कैलालीले आज बुधबार फैसला गर्ने तयारी गरेको छ ।

अदालतका स्रोतका अनुसार दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलबार सकिएकाले आज फैसला गर्ने तयारी गरेको हो ।

२०७२ भदौ ७ गत एक बालकसहित ९ जनाको ज्यान जानेगरी कैलालीको टीकापुरमा भएको घट्नामा संघीय सांसद सांसद रेशमलाल चौधरीसहित पुर्पक्षका लागि कारागारमा रहेका अन्य २६ जनाको फैसला हुन लागेको हो ।

अदालतले सफाइ दिए उनी थुनामुक्त हुनेछन् । तर, दोषी ठहर गरेमा प्रतिनिधिसभाको यात्रा अवरुद्ध हुनेछ ।

चौधरी गत वर्ष सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

उनले संसद पदको सपथ लिए पनि संसद् भवन प्रवेश गर्न पाएका छैनन् ।