हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका नेपाली सेनाका जमदार घिमिरेको पेस्तोल फेला

होमल्याण्ड खबर

२०७५ फाल्गुन २२ गते, बुधबार १३:४६ मा प्रकाशित

फुङलिङ नगरपालिका–१० स्थित तारेभीरको जंगलमा डाइनेष्टिक एयरको हेलिकोप्टर फागुन १५ गते दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो। सोही हेलिकोप्टरमा सवार नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएकोमा मंगलबार दिउसो फेला परेको प्रहरीले जनाएको छ ।

अस्थाई प्रहरी चौकी माथिल्लो फेदीं र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला परेको हो । उक्त दुर्घटनामा जमदार घिमिरेको निधन भएको थियो ।