नेपाल र भारतका पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमी सम्मानित

होमल्याण्ड खबर

२०७५ फाल्गुन २६ गते, आईतवार १२:४८ मा प्रकाशित

नेपाल पर्यटन बोर्डको सहकार्यमा पलेटिज होलिडेले नेपाल र भारतका पर्यटन क्षेत्रमा सक्रिय महिलाहरुलाई सम्मान गरेको छ। बुधाबर राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल र भारतबीच मित्रवत् सम्वन्ध अझै सुदृढ गर्न पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीलाई सम्मान गरेको हो।

कार्यक्रममा  प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले नेपाल तथा भारतका पर्यटन उद्यमीहरुलाई सम्मान गरेकी थिइन। समारोहमा होटल व्यवसायी अम्बिका श्रेष्ठ, सगरमाथा आरोही तथा सञ्चारकर्मी रोजिता बुद्धाचार्य, पर्यटन व्यवसायी सुनैना रावतका साथमा भारतीय पयर्टन उद्यमी महिलाहरु सुचिता नागपाल, मेघा शर्मा तथा सुकन्या एमलाई सम्मान गरिएको थियो। उनीहरुलाई ‘टुरिजम इन्टरप्रेनर्स इन्टरनेशनल वुमेन अवार्ड–२०१९’ प्रदान गरिएको थियो।

समारोहमा आयोजक संस्था पलेटिज होलिडेका अध्यक्ष किशोर घिमिरेले सम्मान नेपाली पर्यटन विधाका तीन महिला र भारतीय पर्यटन क्षेत्रका तीन महिला उद्यमीलाई सम्मान गर्न पाउनु गौरवको कुरा भएको बताएका थिए।

नेपालमा पहिलो पटक आयोजना गरिएको भ्वाइसेज एण्ड भिजन्स नेपालमा सम्मानित महिलाहरुले आफ्नो संघर्षको कथा सुनाएका थिए।
नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आयोजना गरिएको समारोहको प्रारम्भका सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो।