३० फाल्गुन २०८२, शनिबार
काठमाडौँको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले तोडफोड गरेका छन्। उक्त तोडफोडका क्रममा प्रहरीसहित ७ जना घाईते भएका छन्।
मंगलबार बेलुका ५ बजे पत्रे रोगको उपचारका लागि भर्ना भएका ४५ वार्षीय सुर्दशन फुयाँलको मृत्युपछि आफन्तले अस्पतालका डाक्टरले लापरवाही गर्दा बिरामीको मृत्यु भएको भन्दै तोडफोडमा उत्रिएका हुन्।


भीड नियन्त्रण गर्न ठुलै संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा ५ जना प्रहरी, मृतकका छोरा सुराज फुयाँल सहित केही घाईते भएका छन्। झडपमा परी मृतकका छोरा सुरजको पनि घाईते भएका छन्।