३० फाल्गुन २०८२, शनिबार
नवलपरासीको कावासोतीमा रहेको जिल्ला वन कार्यालयमा बम विस्फोट भएको छ।
आज नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा नवलपरासीको वन कार्यालयमा विहान साढे ११ बजेतिर बम फिस्फोट भएको हो।


सडक सुनसान रहेकोले विस्फोटका कारण कुनै मानवीय क्षति भएको छैन । विस्फोट भएको क्षेत्र नजिकै डिभिजन वन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय पनि छ भने नजिकै तरकारी बजार पनि छ ।
घटना स्थललाई अहिले जिल्ला प्रहरी कार्यालयको सुरक्षाकर्मीले घेरेर राखेका छन् । अन्त पनि बम राखेको हुन सक्ने आशंकामा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । बम कस्तो र कुन प्रकारको थियो खुल्न सकेको छैन ।