३० फाल्गुन २०८२, शनिबार
सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन सरकारले आह्वान गरेको छ ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउने आह्वान गरेको बताएका हुन् ।


उनका अनुसार स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन सरकारले ३५ दिनसम्मको अल्टिमेटम दिएको छ ।
सरकारले दिएको यो ३५ दिनभित्र हतियार बुझाए अवैध हतियार राखेवापत हुने सजाय सरकारले मिनाह गर्ने समेत उनले जानकारी दिए ।