राहदानी विभागले कार्यालय समय १ घण्टा बढायो

होमल्याण्ड खबर

२०७५ चैत्र १ गते, शुक्रबार १४:५७ मा प्रकाशित

काठमाडौंमा रहेको राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको छ ।

बिहान १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय चैत १ गतेदेखि ९ बजे खुलेर ५ बजे बन्द हुने भएको हो ।

आइतबादेखि बिहीबार सम्म ९ देखि ५ बजेसम्म खुला रहनेछ भने शुक्रबार ९ बजेदेखि ३ बजेसम्म मात्र खुल्ने विभागले जनाएको छ ।

विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको सेवा समय विस्तार भएको पहिलो दिन देखि नै राहदानी सम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।