३० फाल्गुन २०८२, शनिबार
एसपी डिल्लीराज विष्टलाई साढे १० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका तत्कालिन एसपी विष्टलाई जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको इजलासमा भएको थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश भएको हो।


आदेशमा यातना कसुरमा ६ लाख र प्रमाण नष्ट गरेकोमा ४ लाख ५० हजार धरौटी माग गरिएको छ।
उनीमाथि सार्वजनिक न्याय विरुद्व (प्रमाण नष्ट गरेको) र यातना कसुरको मुद्दा लागेको थियो।
साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी निर्मलाको बलात्कार गरि हत्या गरिएको अवस्थामा ११ गते उखुबारीमा शव भेटिएको थियो ।