विश्वकै शक्तिशाली पासपोर्टमा नेपाल ९८ औं स्थानमा

होमल्याण्ड खबर

२०७५ चैत्र १३ गते, बुधबार १२:५४ मा प्रकाशित

एजेन्सीः विश्वकै शक्तिशाली पासपोर्टमा नेपाल ९८ औं स्थानमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सूची अनुसार नेपाल यो स्थानमा पर्न सफल भएको हो ।

विश्वकै शक्तिशाली पासपोर्टमा यो वर्ष जापान, सिंगापुर र दक्षिण कोरियाको पासपोर्ट संयुक्त रुपमा परेको नयाँ विश्वव्यापी वरियताले देखाएको छ । यी मुलुकका नागरिकहरुले विश्वभरीका १८९ मुलुकमा जापानका नागरिकले जस्तै भिषा बिना घुम्न जान पाउनेछन् ।

त्यस्तै दोस्रो स्थानमा जर्मनको पासपोर्ट रहेको छ । बिना भिषा १८५ मुलुकको भ्रमण गर्न पाउनेगरी बेलायतको पासपोर्ट पाँचौ बलियो भएको छ । अमेरिकी पासपोर्टले १८४ मुलुकको भ्रमण गर्न पाउनेछन् ।

। अमेरिकाको पासपोर्ट छैटौ बलियो भएको छ । फ्रान्सको पासपोर्ट तेस्रो बलियो भएको छ ।

डेनमार्क, फिनल्यान्ड, इटाली र स्वीडेनका पासपोर्टले बिना भिसा वा अन अराइभल भिषाका आधारमा १८७ मुलुकको भ्रमण गर्न पाउनेछन् । चौथोमा संयुक्त रुपमा लक्जेम्बर्ग र स्पेनका पासपोर्टले १८६ मुलुकको भ्रमण गर्न पाउनेछन् । पाँचौ स्थानमा संयुक्त रुपमा संयुक्त अधिराज्य, अस्टेलिया, डच, नर्वे, पोर्चुगल र स्वीस पासपोर्ट रहेको विश्वव्यापी वरियताले बताएको छ ।