३० फाल्गुन २०८२, शनिबार
लोकसेवा आयोगले एकैपटक २० हजारको लागि आवेदन खोल्ने तयारी गरेको बताएको छ ।
बिहीबार कर्मचारी समायोजना सम्पन्न भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलन यस्तो बताइएको हो ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले रिक्त रहेका कर्मचारीको पदपूर्तिका लागि लोक सेवा आयोगमार्फत छिट्टै भर्ना खोल्ने बताए । उनले भने, ‘१५ देखि २० हजार नयाँ कर्मचारी भर्नाका लागि लोक सेवा आयोगलाई आग्रह गर्दैछौं, छिट्टै आवेदन खुल्छ।’
कर्मचारी समायोजन नसकिएकाले सरकारले यस वर्ष थोरै संख्यामा मात्रै कर्मचारी माग गरेको आयेगले अब कर्मचारी पदपूर्तिका लागि विभिन्न तहमा करीब २० हजार आवेदन खुलाउनेछ ।