३० फाल्गुन २०८२, शनिबार
एसइई परीक्षाअन्तर्गत आजको सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरिएपछि प्रदेश नं. २ का विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन् ।
बुधवार अनिवार्य विज्ञान र बिहीबार सामाजिक विषयको परीक्षा स्थगन भएको विरोधमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।


परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै विद्यार्थीहरूले प्रदेश नम्बर २ को पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी लगायतका जिल्लाहरूमा बिद्यार्थीहरूले विभिन्न चोकहरूमा टायर बाली प्रदर्शन गरिरहेका छन् ।
विद्यार्थीहरू सडकमा टायर बालेर प्रदेश तथा संघीय सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।
बिद्यार्थीहरू आन्दोलनमा उत्रिनसाथ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले केन्द्र सरकारले प्रदेश नम्बर २ लाई बदनाम गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।