ओखलढुंगामा जिप दुर्घटनाः ६ जनाको मृत्यु, ३ जना घाइते

होमल्याण्ड खबर

२०७५ चैत्र १७ गते, आईतवार १३:१५ मा प्रकाशित

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७ स्थित भडारेखोलामा जिप दुर्घटना भएको छ ।
हलेसीबाट आउँदै गरेको बा१६च२२०६ नम्बरको स्कार्पीयो जिप दुर्घटना भएको हो ।

दुर्घटनामा २ जना महिला र ४ जना पुरुषको ज्यान गएको बताइए पनि सनाखत हुन सकेको छैन ।
अन्य तीन गम्भीर घाइतेको उदयपुरको घुर्मिस्थित आस्था अस्पतालमा उपचार भइरहेको डिएसपी पुष्पराज मल्लले बताए ।