३० फाल्गुन २०८२, शनिबार
भीषण हावाहुरीबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
आइतबार बेलुका आएको हावाहुरीबाट बारा २६ र पर्सामा १ गरि २७ जनाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा १० महिला, १२ पुरुष र ५ बालबालिका रहेको प्रहरीले जनाएको छ ।
त्यसै गरि सयौंको संख्यामा घाइते रहेको र उनीहरुको नारायण उपक्षेत्रीय अस्पतालमा, नेसनल मेडिकल कलेज वीरगन्ज, गण्डक अस्पताल वीरगन्ज, वीरगन्ज हेल्थ केयर, एडभान्स अस्पताल वीरगन्जमा, कलैया अस्पताल, तराई अस्पताल वीरगन्ज र अन्य मेडिकहरुमा उपचार भइरहेको छ ।
यस घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली घटनास्थलको अवलोकनका लागि प्रभावित बारा पुगेका छन् ।
झापामा रहेका प्रधानमन्त्री ओली केहि समय अगाडी मात्र बारा पुगेका हुन् ।
यता नेपाली कांग्रेसले पनि उपसभापति बिमलेन्द्र निधिको नेतृत्वमा कांग्रेसका नेता कार्यकर्तालाई घटनास्थलमा खटाएको छ । अन्य राजनीतिक दल, संघ–संस्थाहरुले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारमा खटिन आग्रह गरेका छन् ।
मृत्यु हुनेको नाम
हरि नारायण दास- बारा
मनोरमा देवि- बारा
रुनि देवि- बारा
अक्षयलाला माझी- बारा
नन्द पटेल- बारा
रुबि खातुन- बारा
गढिमा देवि- बारा
हित लाल सहानी- बारा
विविमा खातुन- बारा
मिना खातुन- बारा
नोक्सारा मिया- बारा
रामा माझी- बारा
सुरज माझी- बारा
राजेश मुखिया- बारा
अवधेस पासवान- बारा
राधे लोडी- बारा
तरिफा खातुन- बारा
अलिसा खातुन- बारा
सकिया खातुन- बारा
सम्सिधा खातुन बारा
कोइरि देवि- बारा
श्रीप्रसाद यादव- बारा
सबनम खातुन- बारा
बाराका अन्य दुई
जनाको पहिचान खुल्न
सकेको छैन भने
पर्साका सारोज राम रहेका छन्