हावाहुरीमा घाइते भएकाहरुका लागि विभिन्न ठाउँमा रक्तदान

होमल्याण्ड खबर

२०७५ चैत्र १८ गते, सोमबार १३:३१ मा प्रकाशित

बारा र पर्सामा आएको बिनाशकारी हावाहुरीमा घाइते भएकाहरुको उपचारका लागि देशका विभिन्न ठाउँहरुमा रक्तदान गरिएको छ ।

बारा र पर्साका हावाहुरीबाट घाइतेका लागि कैलालीको धनगढीमा रक्तदान रोटरी क्लब धनगढीको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

त्यस्तै बारा र पर्साका हावाहुरीबाट घाइतेका लागि चितवनमा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको छ। चितवनमा सक्रिया विभिन्न १५ वटा सामाजिक संघ सस्थाले संयुक्त रुपमा भरतपुरको चौबिसकोठीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।

यसैगरि घाइतेको उपचारका लागि काठमाडौंबाट पनि विभिन्न चिकित्सकहरु पठाइएको छ ।