३० फाल्गुन २०८२, शनिबार
पश्चिमी वायु र
स्थानीय वायुको प्रभावले केही
दिनदेखि प्रभावित मौसम सोमबारदेखि
क्रमिक रुपमा सुधार हुँदै
जाने जल तथा
मौसम पूर्वनुमान महाशाखाले
जनाएको छ।
उक्त वायुको प्रभावले
आज देशभरि नै
आंशिकदेखि सामान्य बदली रही
देशका पूर्वी तथा
मध्य भू–भागका
एक दुई स्थानमा
हावाहुरी र मेघ
गर्जनसहित वर्षा हुने वरिष्ठ
मौसमविद् वरुण पौडेलले
बताए। उनका अनुसार
सोमबार पश्चिमी क्षेत्रबाट क्रमिक
सुधार हुँदै जाने
छ।
मध्य र पूर्वी
क्षेत्रको मौसम भने
एक/दुई दिन
प्रभावित नै हुने
मौसमविद् पौडेलले बताए। काठमाडौँ
उपत्यकामा भोलिबाट मौसम सुधार
हुँदै जाने बताइएको
छ।
पश्चिमी क्षेत्रमा पश्चिमी वायु,
पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय
रेखा, बङ्गालको खाडीबाट
आएको जलवाष्पयुक्त हावा
र स्थानीय वायुको
समिश्रणको प्रभावले देशैभरको मौसम
प्रभावित भएको महाशाखाले
जनाएको छ।


राति देशभरी नै आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि देशका पूर्वी भू–भागमा आंसिकदेखि पूर्ण बदली रही पश्चिमी पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावन रहेको बताइएको छ।
मङ्गलबार देशको पूर्वी र मध्य भू-भागमा आंसिकदेखि सामान्य बदली रही पूर्वी तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।
महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम १३ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १७ दशमलव ८ डिग्री सेल्सियस रहेको छ।