३० फाल्गुन २०८२, शनिबार
नेपाल सरकारले स्वर्गीय भिक्षु अश्वघोष महास्थविरलाई विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको आकस्मिक बैठकले भिक्षु महास्थविरको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।


स्वर्गीय भिक्षु अश्वघोष महास्थवीर २०४९ देखि २०५४ सालसम्म राष्ट्रियसभाका सांसद थिए ।
राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै नेकपा एमालेले उनलाई राष्ट्रियसभा सदस्य समेत बनाएको थियो ।