३० फाल्गुन २०८२, शनिबार
मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ ।
आइतबार राती ११ बजेको समयमा क्वालालुम्पुरस्थित अन्तर्राष्ट्रिय एअरपोर्ट नजिकै दुर्घटना भएको उक्त बसमा ४३ जना यात्रु रहेको र नेपालीसहित ११ जनाको मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासले पुष्टि गरेको हो ।


मृत्यु हुने नेपालीमा रामु चौधरी र जागरनाथसिंह दनुवार रहेपनि ठेगाना भने खुल्न नसकेको बताइएको छ ।
यस्तै दुर्घटनामा नेपालीसहित अन्य घाइते भएको र उनीहरुको पुत्राजय अस्पताल, सेरडाङ अस्पताल र बान्तिङ अस्पतालमा उपचार भइरहेको छ ।
बस मास कार्गो नामक कम्पनीमा कामदार पुर्याउन जाँदा दुर्घटनामा परेको थियो ।