३० फाल्गुन २०८२, शनिबार
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन्।
सोमवार दिउँसो २:३० बजे अर्घाखाँचीको सन्धिखर्कबाट प्युठान जाने क्रममा लु१ज१२२९ नम्बरको जीप भूमिका नगरपालिका ८ बरौला भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटना भएको हो ।


२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीले जनाएको छ ।
घाइते १२ मध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले समान्य उपचारपछि बुटवल रिफर गरिएको र अन्यको जिल्ला अस्पताल अर्घखाँचीमा उपचार भइरहेको जनाइएको छ ।
मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।