बिहानैदेखि बदली र वर्षा

होमल्याण्ड खबर

२०७५ चैत्र २६ गते, मंगलवार १०:२३ मा प्रकाशित

काठमाडौं उपत्यकासहित देशका मध्य, मध्यपश्चिम र पुर्वी भेगमा पानी परिरहेको छ ।

पश्चिमी वायुको प्रभावले अहिले धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अबको एक दुई घण्टापछि मौसम हल्का खुले पनि बदली भई दिउँसो र बेलुकी पख सम्म पानी पर्ने सम्भवना रहेको छ ।

दिनभर नै यी क्षेत्रको मौसम बदली तथा वर्षाको सम्भावना रहेको मौसममविद मञ्जु बासीले जानकारी दिएकी छन् । विशेष गरि न्यून चापिय रेखा र स्थानीय वायुको प्रभावले मौसम बदली भई मेघ गर्जनसहित पानी परेको हो ।

पूर्वी तराईमा हुरीबतास पनि चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

बुधबारदेखि मौसममा केही सुधार आउने छ ।