बारामा फेरी हावाहुरीसहित असिना पानीः जनजीवन प्रभावित

होमल्याण्ड खबर

२०७५ चैत्र २६ गते, मंगलवार १२:१७ मा प्रकाशित

बारामा विनाशकारी हावाहुरी आएको केही दिनमै फेरी हावाहुरीसहित असिना पानी परेको छ । मंगलबार बिहान पुनः हावाहुरीसहित असिना पानी परेपछि एसईई परीक्षा प्रभावित हुनुका साथै त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

आधा घण्टासम्म हावाहुरीसहित असिना पानी परेपछि सिमरा उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ । त्यस क्षेत्रका घरहरुको छानाहरु पनि उडाउँदा जनजिवन प्रभावित बनेको छ ।

प्रहरीका अनुसार, हुरीले एसईई परीक्षा प्रभावित हुनुको साथै उपमहानगरपालिकाको गहुँ, मकै, तरकारीलगायत बालीमा क्षति पुर्याउनुका साथै सिमरा एफएमको टावरसमेत उडाएको छ । कतिपय स्थानमा हुरीले रुखसमेत ढालिदिएको छ ।