३० फाल्गुन २०८२, शनिबार
अमरगढी नगरपालिका–११ धनगाड नजिक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। घाइतेमध्ये एक जना गम्भीर घाइते छन्।
धनगढीबाट अछामका लागि छुटेको ना ४ ख ६८३६ नम्बरको बस केआइसिंह राजमार्गको धनगाडमा मंगलबार राति करिब २ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।


बस ब्रेक फेल भएर मोडमै पल्टेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए।।
घाइते ३० जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ। गम्भीर घाइते कञ्चनपुरको कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई थप उपचारका लािग धनगढी पठाइएको छ।
घाइतेहरु अधिंकाश अछामका रहेको बुझिए भए पनि परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए।
बसमा ५० जनाभन्दा बढी यात्रु रहेका बताइएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।