९ मंसिर २०८१, आईतवार
कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपका लागि नेपालले सिधै दोस्रो चरणको छनोट खेल्ने भएको छ ।
दोस्रो चरणमा छनोट हुने राष्ट्रहरुमा नेपाल लगायत इरान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, कतार, युएई, साउदी अरेबिया, चीन, इराक, सिरिया, उज्वेकिस्तान, लेबनान, ओमान, किर्गिस्थान, जोर्डन, भियतनाम, प्यालेस्टाइन, भारत, बहराइन, थाइल्याण्ड, ताजकिस्तान, उत्तर कोरिया,फिलिपिन्स, चाइनिज ताइपे, तुर्केमिनिस्तान,म्यानमार, हङकङ,यमन, अफगानिस्तान, माल्दिभ्स, कुवेत, इन्डोनेसिया, सिंगापुर रहेका छन् ।
सन् १९८६ को संस्करणबाट विश्वकप छनोट खेल्न थालेको नेपालले पहिलो पटक सिधै दोस्रो चरण खेल्न पाएको हो ।
नेपालले सन् २०१४ को संस्करणमा पहिलो चरण पार गर्दै दोस्रो चरणको छनोट खेलेको थियो ।
यहिँ अप्रिल महिनाको नयाँ वरीयतामा ४६ एसियाली राष्ट्रमध्ये शीर्ष ३४ मा अटाएपछि नेपालले दोस्रो चरण खेल्ने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
फिफाले गत अप्रिल ४ मा निकालेको वरीयतामा नेपाल १६१ औं स्थानमा रहेको थियो । उक्त वरीयता अनुसार नेपाल एएफसी वरीयताको ३४ औं स्थान रहन सफल भएको थियो ।
दोस्रो चरणको छनोटमा शीर्ष ३४ र प्ले अफबाट आएका ६ गरी ४० टोलीले प्रतिस्पर्धा गर्ने छन् । दुई समूहमा विभाजन गरेर खेलाईने दोस्रो चरणको छनोट सेप्टेम्बरमा हुनेछ ।