३० फाल्गुन २०८२, शनिबार
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास बालुवटारमा आयोजित कार्यक्रममा समता स्कुल काठमाडौंलाई ‘वर्ल्ड बुक अफ रेकर्डस’ प्रदान गरेका छन्।
वर्ल्ड बुक अफ रेकर्डस् लन्डनले जारी गरेको प्रमाणपत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई सोमबार बिहान प्रदान गरेका हुन्।


कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘राज्यले लिनुपर्ने दायित्व तपाईंहरुले लिनु भएको छ। यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छुु, । अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन।’
प्रधानमन्त्री ओलीले समता स्कुलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको पनि बताए ।
सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको जिकीर गरे ।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ९प्रचण्ड० र माधवकुमार नेपालको पनि उपस्थिति रहेको थियो।