उदयपुरमा जीप दुर्घटनाः एक को मृत्यु, १० घाइते

होमल्याण्ड खबर

२०७६ बैशाख ३ गते, मंगलवार १०:४७ मा प्रकाशित

उदयपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइेत भएका छन्। मृत्यु हुनेमा उदयपुरगढी गाँउपालिका—१ मुर्मेकी ४५ वर्षे केसीमाया परियार रहेकी छन् ।

कटारीबजारबाट मुर्मे गइरहेको स१ज५०६ नम्बरको बोलेरो जीप उदयपुरको उदयपुरगढी गाँउपालिका—१ विष्णुचौरमा सोमबार बेलुका दुर्घटना भएको हो ।

दुर्घटनामा १० जना घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ११ जना यात्रु बोकेर गएको जीप उकालो चढ्न नसकेपछि दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । जीप सडकबाट तीन सय मिटर तल खसेको थियो ।