३० फाल्गुन २०८२, शनिबार
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीलाई प्राप्ताङ्क दिँदा गम्भीर त्रुटि गरेको छ।
विज्ञान संकाय बीएस्सी चौथो वर्षका एक विद्यार्थीलाई ४० नम्बर पूर्णाङ्क भएको ‘जिओलोजी प्राक्टिकल’ विषयको लब्धाङ्क–पत्रमा ४२ नम्बर दिएको भेटिएको छ।


४० नम्बर पूर्णाङ्क उत्तीर्णाङ्क १६ भएको परीक्षामा ४२ नम्बर दिने परीक्षा नियन्त्रण कार्यालयले भने प्राविधिक गल्ती भएको बताएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले विषयगत कोड छपाई गर्दा बिग्रेर छपाई त्रुटिका कारण यस्तो समस्या आएको बताएका छन् ।
परीक्षा नियन्त्रण कार्यालय बल्खु परिसरमा भेटिएका नेविसंघका नेता सन्तोष केसीले परीक्षामा बढि अंक आउँदा मात्र पनिकाले गल्ती स्वीकार्छ तर नतिजा अप्रत्यासित आउँदा भने कहिल्यै जिम्मेवारी लिँदैन भन्दै पनिकाको व्यवस्थापन तथा प्रशासनको चर्को आलोचना गरेका छन् ।