बल्खुमा दुई बस र मोटरसाइकल आपसमा ठोक्किएः ६ यात्रु घाइते

होमल्याण्ड खबर

२०७६ बैशाख ५ गते, बिहीबार १४:५२ मा प्रकाशित

काठमाडौंको बल्खुचोकमा दुईओटा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा ६ जना घाइते भएका छन्।

कीर्तिपुरबाट रत्नपार्क आउँदै गरेको बा२ख९९९७ नम्बरको बस, सानेपाबाट कलंकीतर्फ जादैं गरेको बा३ख३१४७ नम्बरको बस र सोहि दिशातर्फ जादैं गरेको बा२९प७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

उक्त दुर्घटनामा ६ जना यात्रु घाइते भएको र उनीहरुको बल्खुस्थित बयोधा हस्पिटमा उपचार भइरहेको प्रहरी नायव निरीक्षक हरेराम महराले जानकारी दिए ।

घाइतेहरुको उपचार भइरहेको र प्रहरीले बस चालकलाई नियन्त्रणमा लिइसकेको तर मोटरसाइकल चालक फरार रहेको समेत उनले जानकारी दिए ।