९ मंसिर २०८१, आईतवार
भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।
दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा शनिबार राति भएको खेलमा दिल्लीले पन्जाबलाई ५ विकेटले हराएको हो ।
पन्जाबले दिएको १६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
दिल्लीको जितमा शिखर धवनले ५६, श्रेयस आयरले अविजित ५८, कोलिन इन्ग्रामले १९, पृथ्वी शले १३, ऋषभ पन्तले ६ र अक्षर पटेलले १ रन बनाए ।
पन्जावका लागि हार्डस विलोजेनले २ र मोहम्मद शामीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६३ रन बनाएको थियो ।
पन्जाबका लागि क्रिस गेलले ६९, मन्दिप सिंहले ३०, रविचन्द्रन आश्विनले १६ र हरप्रीत ब्रारले २० रन बनाए ।
दिल्लीका लागि नेपाली स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै कागीसो राबडा र अक्षर पटेलले २ २ विकेट लिए ।
जितसँगै दिल्ली १० खेलमा ६ जितसहित १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
पराजित पन्जाब १० खेलबाट १० नै अंक जोडेर चौथो स्थानमा छ ।