३० फाल्गुन २०८२, शनिबार
धादिङको बेनीघाट नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
आइतबार बिहान काठमाडौंबाट मनकामना जाँदै गरेको बा४ख१४१५ नम्बरको तिर्थालु बस बेनिघाट गाउँपालिका रोराङ–३ स्थित सलाङकोटमा बिहान १०:४० बजे दुर्घटना भएको हो ।


मृत्यु हुनेमा दोलखाका हरिवंश केशीको घटनास्थलमा र कालिन्चोक गाउँपालिका वडा नं ७ दोलखाकी पार्वती बुढाथोकीको उपचारका क्रममा मलेखु सामुदायिक अस्पतालमा मृत्यु भएको बताइएको छ ।
ट्रकलाई ओभरट्याक गर्ने क्रममा घुम्तिबाट २५ मिटर तल त्रिशुली किनारमा खसेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले नेपाल तारालाई जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाई गजुरी र मलेखु अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौंको ट्रामा सेन्टरमा पठाइएको र अन्यको राजमार्ग सामुदायिक अस्पतालमा मलेखु र गजुरी अस्पतालमा उपचार भइरहेको छ ।
चालक दोलखा जिल्ला विगु गाउँपालिका–५ का ३० वर्षीय बसन्त घर्ती क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताइएको छ ।