९ मंसिर २०८१, आईतवार
एजेन्सीः श्रीलंकाको राजधानी कोलम्बोमा आइतबार बिहानदेखि ३ वटा चर्च र ४ वटा होटलमा श्रृंखलावद्ध बम विस्फोट भएको छ ।
अहिले दिउँसो पुनः राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को विस्फोट भएसँगै मृत्यु हुनेको संख्या १८७ पुगेको हो ।
त्यस्तै विस्फोटबाट ५०० भन्दा बढि घाइते भएको भारतिय संचारमाध्यम एबीपीले जनाएको छ ।
श्रृंखलावद्ध बम विस्फोट हुन थालेपछि राजधानी कोलम्बोमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गर्नुका साथै सरकारले प्रमुख सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाएको छ ।
अहिलेसम्म विस्फोटको जिम्मा कसैले नलिएको बताइएको छ ।