९ मंसिर २०८१, आईतवार
सरकारले निर्धारण गरेको करको प्रक्रिया नमिलेको भन्दै एनसेलले सर्वोच्चमा रिट दायर गरेको छ । अघिल्लो साता भएको कर निर्धारण नमिलेको भन्दै एनसेल सर्वोच्चमा पुगेको हो। एनसेलले कर निर्धारण कानुनसम्मत नभएको दाबी गर्दै रिट दायर गरेको हो। प्रशन्न श्रेष्ठले एनसेलका तर्फबाट रिट दायर गरेका छन् ।
ठूला करदाता कार्यालयले वैशाख ३ गते ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको थियो। एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ५१ रुपैयाँ कर बुझाइसकेको छ। ठूला करदाता कार्यालयका अनुसार एनसेलले अब सात दिनभित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ ७१ पैसा बुझाउनु पर्नेछ।
टेलिया सोनेराले एक्जियटालाई एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेको छ। एनसेलले त्यसको कर तिर्नै नपर्ने भन्दै दाबी गरिरहेको थियो। त्यससम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परेपछि प्रधान न्यायाधीशसहित पाँचजनाको बृहत पूर्ण इजलासले एनसेल र एक्जियटाले लाभकर तिर्नुपर्ने फैसला गरर्यो।
सर्वोच्चको फैसलाका आधामार ठूला करदाता कार्यालयले कर निर्धारण गरेको हो। एनसेलले २०७३ वैशाख २६ र २०७४ जेठ २ मा गरी २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रुपैयाँ कर र २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८५१ रुपैयाँ बवलम्ब शुल्क बुझाइसकेको छ।