रिनाको मृत्यु प्रकरणः पूर्वपश्चिम राजमार्गमा छानविन गर्न माग गर्दै प्रदर्शन

होमल्याण्ड खबर

२०७६ बैशाख १० गते, मंगलवार १४:०८ मा प्रकाशित

मोरङको पथरी शनिश्चरे बस्दै आएकी रिना बस्नेतको मृत्युका विषयमा छानविन गर्न माग गर्दै प्रदर्शन भएको छ ।
मंगलबार बिहानैदेखि आफन्त, स्थानीय बासिन्दा र व्यवसायीले भने रिनाको हत्या नै भएको पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले पथरी शनिश्चरे नगरपालिकाका प्रमुख–उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै तोडफोड समेत गरेका छन् । आक्रोशित भिड नगरपालिका कार्यालयवाट इलाका प्रहरी कार्यालयतर्फ अघि बढेपछि प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाइ फायर समेत गरेको छ ।
घटनाको चार दिनसम्म पनि प्रहरीले दोषिलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
कस्मेटिक पसल सञ्चालन गर्दै आएकी बस्नेत शनिवार विहान मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले भने घटनाको बारेमा अनुसन्धान भैरहेको जनाएको छ । घटनाको सग्लनताको आरोपमा एक जना पक्राउ समेत परेका छन् ।