३० फाल्गुन २०८२, शनिबार
गुल्मीको छत्रकोट गाउँपालिका–४ मा जीप र मोटरसाइकल एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन् ।
बुधबार गौडाकोटबाट बलेटक्सारको लागि छुटेको लु२च १७ नम्बरको जीप र पिपलनेटाबाट लुम्छाको लागी छुटेको लु१२प २९७६ नम्बरको मोटरसाइकल श्रृङ्गगाको कोलगैरामा ठोक्किदा उक्त दुर्घटना भएको हो ।


घाइते हुनेमा गुल्मीको मुसिकोट नगरपालिका–४ बडागाउँका जीप चालक २३ वर्षीय तारा रास्कोटि, मालिका गाउँपालिका–६ का २२ वर्षीय बसन्त पराजुली, रेसुङ्गा नगरपालिका–२ का ३८ वर्षीय गोपाल पोखरेल, अर्घाखाँची मालारानी गाउँपालिका–४ का २२ वर्षीय दिलिप केसी र मोटरसाइकल चालक छत्रकोट गाउँपालिका–४ का १८ वर्षीय शालिकराम पन्थ रहेको प्रहरी सहायक निरीक्षक हरी किशन पुनले नेपाल तारालाई बताए ।
उनका अनुसार, घाइते मध्ये गोपाल पोखरेलको अवस्था गम्भीर रहेको र घाइते सबैलाई प्राथमिक उपचारपछि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ ।
जीप सडकबाट करिब १५०÷२०० मिटर तल खसेको छ भने मोटरसाइकल पनि क्षतिग्रस्त रहेको छ ।