१० मंसिर २०८१, सोमबार
कैलालीको गेटास्थित धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ । धावनमार्ग स्तरोन्नतिका लागि वैशाख २२ गतेदेखि जेठ २१ गतेसम्म विमानस्थल बन्द हुने भएको हो ।
विमानस्थलमा बिहीबार बसेको बैठकले नेपाल नागरिक उडड्यन प्राधिकरणको प्रधान कार्यालयलाई विमानस्थल बन्द हुने सूचना प्रकाशन गर्न आग्रह गर्ने निर्णय गरेको विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले जानकारी दिए ।
उनले अति जीर्ण अवस्थामा रहेको धावन मार्गको स्तर सुधारका लागि हाल काठमाडौं–धनगढी उडान भर्दै आएका विभिन्न एयरलाइन्सहरुसँगको समन्वयमा एक महिनाका लागि विमानस्थल बन्द गर्न लागिएको बताए । अहिले काठमाडौं–धनगढी रुटमा नेपाल एयरलाइन्स, बुद्ध एयरलाइन्स, श्री एयरलाइन्सले उडान गर्ने गरेका छन् ।