विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध हुँदा ……….

होमल्याण्ड खबर

२०७६ बैशाख १३ गते, शुक्रबार ०७:५८ मा प्रकाशित

विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध हुँदा सोही विमानमा यात्रा गर्न लागेका दुई जना यात्रुले हंगामा मच्चाएका छन् ।

खराब मौसमका कारण विमान अवरुद्ध भएको विमानका कर्मचारीले जनाए पनि उनीहरुले आफूहरुलाई अलपत्र पारेको भन्दै कर्मचारीमाथि खनिएका हुन् ।

अन्ततः  बुद्ध एयरका कर्मचारीले ती यात्रुसँग सहमति गरेर शुक्रबार विहानको पहिलो फ्लाइटमै काठमाडौं पठाउने निर्णय गरेपछि विवाद सुल्झिएको थियो ।

बुद्ध एयरको शुक्रबार विहानको फ्लाइट १० बजेर १० मिनेटमा उड्ने कार्यतालिका रहेको छ ।  विराटनगरबाट विमान काठमाडौं आइपुग्न झण्डै ३० देख ३५ मिनेटको समय लाग्छ ।