९ मंसिर २०८१, आईतवार
श्रीलंकामा अघिल्लो आइतबार भएको बम विस्फोटका मुख्य नाइके व्यक्ति मानिएका जहारान हासिमका पिता र दुई जना भाइ गएको शुक्रबार भएको सरक्षाकर्मीको अपरेसनका क्रममा मारिएका छन् । प्रहरीका अनुसार हासिमकी आमा पनि मारिएको अनुमान गरिएको छ । संदिग्ध व्यक्तिहरुको ठेगानामा कारवाही गर्ने क्रममा यी सबै घटना भएका हुन् ।
सुरक्षाकर्मीका अनुसार हासिमको पनि कोलम्बोको एक होटलमा आत्मघाती आक्रमणका क्रममा मृत्यु भएको छ । सुरक्षाकर्मीका अनुसार उनी इश्लामिक ग्रुप नेशनल तौहिद जमात(एनटिजे)का नेताका रुपमा कार्यरत थिए ।अहिले यो संगठनमा प्रतिबन्ध लागाइएको छ । (बीबीसी)